हत्याको निष्पक्ष छानविन गर्नका लागि काङ्ग्रेसको माग

इनरुवा, ३२ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का एक युवाको हत्याको निष्पक्ष छानविन गर्नका लागि नेपाली काङ्ग्रेस सुनसरीका सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइरालाले माग गरेका छन् ।

बिहीबार साँझ स्थानीय २१ वर्षीय गुणराज यादवको धरिलो हतियार प्रहार गरेर हत्या गरी सुनसरी खोलामा फ्याँकिएको अवस्थामा शनिबार शव भेटिएको थियो । शवलाई परीक्षण गर्नका लागि जिल्ला अस्पताल इनरुवा हुँदाहुँदै अन्य ठाउँमा लगिएकाले शंकाको वातावरण सिर्जना गरेको उनको भनाइ छ ।

होनाहार युवाको विभत्स किसिमले हत्या गरेर सुनसरी खोलामा शव फ्याल्नु निन्दनीय कार्य भएको बताउँदै कोइरालाले घटनाप्रति दुःख व्यक्त गरे ।

नेता कोइरालाले केही अरोपित भनिएका व्यक्तिलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएकाले घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कानुनी कारबाही गर्नका लागि माग गरे ।

नेता कोइरालाले हत्याको घटनामा कसैको दवाव वा प्रभावमा नपर्नका लागि समेत स्थानीय प्रहरी प्रशासनसँग आग्रह गरेका छन् ।

यादवलाई हत्या गरेर हातखुट्टा डोरीले बाँधेर बोराभित्र ढुङ्गा राखेर फ्याँकेको अवस्थामा इनरुवा–९ र भोक्राहा नरसिंह गाउँपालिका–५ को सीमामा रहेको सुनसरी खोलामा शव फ्याँकेको अवस्थामा फेला परेको थियो ।

Loading...