डोनाल्ड ट्रम्पका भाई गम्भीर बिरामी

विराटनगर, ३२ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका भाई रोबर्ट ट्रम्प गम्भीर बिरामी परेका छन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अस्पतालमा भेट्न गएका राष्ट्रपति ट्रम्पले न्यूयोर्क सिटीको अस्पतालमा उपचाररत ७२ वर्षे भाईलाई गाह्रो भइरहेको बताएका हुन् ।

तर उनलाई के रोग लागेको भन्ने खुलाइएको छैन । रोबर्टले राष्ट्रपति ट्रम्पको रियल–स्टेड लगानीको व्यवस्थापन गर्दै आएका थिए ।

अस्पतालमा भाईलाई भेटेर बाहिरिएपछि न्यू जर्सीको बेडमिन्स्टरमा रहेको गल्फ क्लबमा गएका राष्ट्रपति ट्रम्पले आफूले राम्रो भाई पाएको र लामो समयसम्म सम्बन्ध राम्रो रहेको बताएका छन् ।

Loading...