Rumpum

Rumpum Advertisement

अस्पतालका मेसुसहित तीन चिकित्सकमा कोरोना

अस्पतालका मेसुसहित तीन चिकित्सकमा कोरोना

विराटनगर, ३२ साउन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) सहित तीन चिकित्सकमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तीनै जना बरिष्ठ चिकित्सक कोरोनाविरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका थिए । शनिबारराति प्राप्त पीसीआर परीक्षण रिपोर्टबाट मेसु डा. श्रीराम तिवारी, बरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राडा सुनिलमणि पोखरेल र डा. कृपा पौडेलमा कोरोना पुष्टि भएको हो ।

आकस्मिक कक्षकी एक जना स्टाफ नर्समा पनि कोरोना देखिएको छ । सबै जनाको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालकै सिनियर चिकित्सकले अब अस्पतालको दैनिक प्रशासनिक कार्य गर्ने बताए ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अबेरसम्म गरिएको परीक्षणबाट चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।