बारा र पर्सामा थपिए ४७ नयाँ संक्रमित

विराटनगर, २३ साउन । बारा र पर्सामा १० महिलासहित ४७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्जका २० जना, बाराका तीन जना, नारायणी अस्पतालका कर्मचारी चार जना र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै पर्सागढी नगरपालिकाका दुई जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, ठेगाना नखुलेका र रक्सौल पन्टोकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...