birat ribon

‘बाह्य पर्यटक भित्र्याउन निःशुल्क भिषा र अनिवार्य पीसीआर’

Neuro
‘बाह्य पर्यटक भित्र्याउन निःशुल्क भिषा र अनिवार्य पीसीआर’

काठमाडौ, ३१ साउन । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अवलम्बन गरे बाह्य पर्यटन प्रबद्र्धन गर्न सकिने बताएका छन् ।

विश्व नै कोरोनासँग जुधिरहेको भए पनि नेपालका पर्यटकीय गन्तव्यहरु कोरोनाबाट सुरक्षित रहेको सन्देश प्रवाह गर्दै ‘निःशुल्क भिषा र अनिवार्य पीसीआर’ को नीति अबलम्बन गरे बाह्य पर्यटन प्रबद्र्धन गर्न सकिने उनले बताए । नेपाल सुरक्षित गन्तव्य बनेको सन्देश दिन आन्तरिक पर्यटन खुला गर्नुपर्ने उनले बताए । विदेशबाट आउने व्यक्तिलाई कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नैपर्ने नीतिका कारण पर्यटकहरु आउन नचाहेको उल्लेख गर्दै उनले क्वारेन्टिन नभएर पीसीआरलाई अनवार्य बनाउनुपर्ने बताए ।

cura insider

उनले विदेशी पर्यटकलाई आफ्ने देशमा नै पीसीआर टेस्ट गर्ने र नेपाल आएपछि पुनः पीसीआर टेस्ट गर्ने प्रवाधान राख्नुपर्ने बताए । सात दिनभन्दा बढी बस्नेको हकमा घुम्दाघुम्दैको अवस्थामा पनि पीसीआर परीक्षण गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले भिषा शुल्कवापतको रकमले पीसीआर परीक्षण अनिवार्य बनाउन सकेमा बाह्य पर्यटक भित्र्याउन समस्या नहुने बताए ।

सरकारले पर्यटन पुनर्उत्थानका लागि छुट्याएको ५० अर्बको कोष तत्काल परिचालन गर्नुपर्नेमा पनि जोशीले जोड दिए । कोषलाई आवश्यक परेको समयमा परिचालन गर्न नसकिए कुनै अर्थ नहुने उल्लेख गर्दै उनले १५÷२० दिनभित्रमै यसको परिचालन गर्न सक्नुपर्ने बताए । व्यवसायी र पर्यटन क्षेत्रका कर्मचारीहरु मर्कामा रहेको समयमा कोष परिचालन गर्न सके त्यसले ठूलो अर्थ राख्ने उनले बताए ।

गैरपर्यटन क्षेत्रका व्यक्तिहरुले समेत पर्यटन क्षेत्रमा लगानी बढाइरहेकले रोजगारीका अवसरहरु पनि सिर्जना भइरहेको उनले बताए । देशलाई समृद्ध बनाउन सक्ने क्षेत्र पर्यटन पनि भएकाले यसको विकासका आवश्यक नीति नियम अवलम्बन गर्दै अगाडि बढ्नुपर्ने उनले बताए ।

jackson ribon