Rumpum

Rumpum Advertisement

विराटनगरमा थपिए २५ काेराेना संक्रमित

विराटनगरमा थपिए २५ काेराेना संक्रमित

विराटनगर, ३१ साउन । विराटनगरमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरमा जाँच गर्दा ८ महिलासहित थप २५ जना संक्रमण पुष्टि भएकाे विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

नयाँ थपिएका संक्रमितहरु ८ वर्षदेखि ६६ वर्ष उमेर समूहका छन् ।

विराटनगर महानगरपालिकाका अनुसार विराटनगर १ मा एकजना, विराटनगर ३ मा पाँचजना, विराटनगर-५ मा दुईजना सक्रमित थपिएका छन् ।

त्यस्तै विराटनगर-६ मा पाँचजना संक्रमित थपिएका छन् । त्यस्तै विराटनगर-८ मा एकजना, विराटनगर ९ मा दुई जना, ११ नम्बर वडामा एकजना, १३ मा एकजना, वडा नम्बर १५ मा एकजना, वडा नम्बर १६ मा तीनजना र वडा नम्बर १७ मा दुईजना कोरोना संक्रमित थपिएका हुन ।

योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ४६७ पुगेको छ ।

संक्रमितमध्ये ६ जनाको मृत्यु भइसकेको छ । ७६ जना कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।