Rumpum

Rumpum Advertisement

पहिरोमा मृत्यु भएका ११ जनाको पहिचान खुल्यो, २७ जना अझै वेपत्ता

पहिरोमा मृत्यु भएका ११ जनाको पहिचान खुल्यो, २७ जना अझै वेपत्ता

विराटनगर, ३१ साउन । सिन्धुपाल्चोकमा पहिरोमा परेर मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।

जुगल–२ लिदीमा शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोमा परेर वेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ । शव फेला परेकाहरुको सनाखत भइसकेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेकाअनुसार पहिरोमा ज्यान गुमाउनेहरुमा टीकामाया दोङ, छिरिङ दोङ, जिताई झाक्री, मिलन दोङ, सानु दोङ, जयबहादुर दोङ, दावा ल्हामु दोङ, तारल्हमो दोङ, पिर्ती दोङ, धनमाया दोङ र रिमेक्स दोङ रहेका छन् ।

पहिरोले घरहरु पनि बगाएको छ । पहिरोमा परेर अझै २७ जना वेपत्ता भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।