Rumpum

Rumpum Advertisement

पहिरोले घर भत्काउँदा दुई बालकको मृत्यु

पहिरोले घर भत्काउँदा दुई बालकको मृत्यु

विराटनगर, ३१ साउन । पहिरोले घर भत्काउँदा बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा दुई बालकको मृत्यु भएको छ ।

निरन्तरको वर्षासँगै शनिबार बिहान २ बजेतिर माथिबाट झरेको पहिरोले हीराबहादुर विकको घर भत्काउँदा उनका छोरा र नातिको मृत्यु भएको हो । घटनामा १४ वर्षीय बालक वीरेन्द्र विक र हीराबहादुरको छोरीका छोरा नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाइते भएकी छन् । उनलाई उद्धार गरेर उपचारका लागि लगिएको छ । घरको माथिल्लो तलामा सुतेका छ जनामध्ये परिवारका अन्य चार सदस्य सकुशल रहेका छन् ।