Rumpum

Rumpum Advertisement

कोरोनाले वीरगञ्जमा एकको मृत्यु

कोरोनाले वीरगञ्जमा एकको मृत्यु

विराटनगर, ३१ साउन । कोरोना भाइरसका कारण वीरगञ्ज महानगरपालिका –१२ का ६० वर्षीय पुरुषको शुक्रबारराति मृत्यु भएको छ ।

कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहकाअनुसार अस्थायी कोरोना विशेष अस्पतालमा उपचाररत ती पुरुषको राति ८ बजे मृत्यु भएको हो । साउन २७ गते उपचारका लागि भर्ना गरिएका पुरुषमा प्यारालाइसिस र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

थप एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण वीरगञ्जमा ज्यान गुमाउनेको संख्या हालसम्म २६ पुगेको छ । मृत्यु हुनेमा पर्साका १९, बाराका पाँच,रौतहटका एक र परिचय खुल्न नसकेका एक जना रहेका छन्।