birat ribon

सिन्धुपाल्चोक पहिरो : पाँचको शव फेला, ३३ बेपत्ता

Neuro
सिन्धुपाल्चोक पहिरो : पाँचको शव फेला, ३३ बेपत्ता

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोककाे जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरामा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरामा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

cura insider

पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिराले ३५ घर ध्वस्त भएका छन् । पहिरामा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार जारी छ । पहिराबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौँ पठाइएको उनले बताए ।

jackson ribon