Rumpum

Rumpum Advertisement

चेल्सीका विलियन आर्सनलमा अनुबन्धित

चेल्सीका विलियन आर्सनलमा अनुबन्धित

एजेन्सी, ३० साउन । ब्राजिलियन स्टार विलियनले आर्सनलमा अनुबिन्धत भएका छन् ।

आर्सनलले प्रतिद्वन्द्वी टोली चेल्सीबाट विलियनलाई अनुबन्ध गरेको हो । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आर्सनलले ३२ वर्षीय विलियम्सलाई क्लबमा स्वागत गरेको छ ।

अघिल्लो साता मात्र विलियम्सले क्लब छोड्ने घोषणा गरेका थिए । अगस्ट २०१३ मा स्टाम्फोर्ड ब्रिज आएका उनले ७ वर्षे चेल्सी बसाइ बिट मार्दै आर्सनल जाने मनसाय बनाएका थिए ।

र, उनलई लिएर आर्सनल पनि इच्छुक देखिएकाे थिए । उनी फ्रि ट्रान्सफरमा आर्सनलमा अनुबन्ध भएका हुन् । आर्सनलले उनीसँग तीन वर्षे सम्झाैता गरेकाे छ ।

उनले लण्डन क्लबबाट पाँच उपाधि जितेका छन् । उनले दुई पटक प्रिमियर लिग, एक पटक युरोपा, एफ ए र लिग कप जितेका थिए । उनले चेल्सीको जर्सीमा ३३९ खेल खेल्दै ६३ गोल गरेका छन् ।