शरीरमा रगतको मात्रा बढाउने अनार खानुका फाइदाहरू

विराटनगर, ३० साउन । अनार एक फाइदाजनक फल हो । नेपाली समाजमा धेरैेजसो बिरामी भेट्न जाँदा कोसेलीमा अनार लाने गरेको पाइन्छ ।

औषधिका रूपमा लिइने अनार बिरामीलाई समेत खुवाइने गरिन्छ । फाइबर, प्रोटिन, भिटामिन ‘सी’, भिटामिन ‘के’, फोलेट, क्यालसियम, आइरन, पोटासियम प्रशस्त मात्रामा पाइने अनारको सेवन स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ ।

अनारले रोग प्रतिरोधात्मक क्षमता बछाउने हुँदा अनारको सेवनले शरीरमा विभिन्न रोगको जोखिमलाई कम गर्दछ ।

अनारको सेवनले तत्कालै शरीरमा ऊर्जा आउने, रक्त सञ्चालन प्रक्रियामा फाइदा हुने, रगतको मात्रा बढाउने काम गर्छ ।

यसको सेवनले रगत सफा हुने हुँदा छाला चम्किलो हुनुका साथै छालासम्बन्धी विभिन्न रोगबाट छुट्कारा दिलाउन मद्दत गर्छ ।

मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने अनारले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।

अनार हृदयाघात, स्ट्रोक, यौन समस्या, क्यान्सर जस्ता रोगको जोखिमलाई समेत कम गर्छ ।

यसको सेवनले स्तन, फोक्सो र प्रोस्ट्रेट क्यान्सर हुने सम्भावना कम हुन जान्छ ।

गर्भावस्थामा गर्भवती महिलालाई अनार खाने गर्दा जन्मिने बच्चाको स्वास्थ्य र तौल राम्रो हुन्छ ।

अनारको बोक्रामा पाइने तत्वहरूले दाँतको समस्या हटाउन मद्दत गर्छ ।

त्यसबाहेक, अनारको सेवनले रक्त अल्पताबाट जोगाउने, धमनीको रक्षा गर्ने, कोलेस्ट्रोल घटाउने, उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउछ ।

Loading...