birat ribon

सिन्धुपाल्चोकको पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला

Neuro
सिन्धुपाल्चोकको पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएका ३८ मध्ये चार जनाको शव फेला परेको छ ।

आज बिहान ६ बजे गएको पहिरोमा पुरिएका चार जनाको शव फेला परेको र शव निकाल्ने क्रम जारी रहेको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

cura insider

गाउँपालिकाका अध्यक्ष श्रेष्ठका अनुसार शवको पहिचान भएको छैन । पहिरोमा ३५ घर क्षति भएका छन् भने आठ घाइते छन् ।

घाइतेमध्ये चार जनाको चौतारा र गम्भीर घाइते एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन् ।

पहिरोले पुरिएकाहरूको खोजी सुरु भएको छ । घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन् ।

jackson ribon