birat ribon

सिन्धुपाल्चोक पहिरो : उद्धारका लागि सभामुख सापकोटा हेलीकप्टरमार्फत घटनास्थलमा

Neuro
सिन्धुपाल्चोक पहिरो : उद्धारका लागि सभामुख सापकोटा हेलीकप्टरमार्फत घटनास्थलमा

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका-२ लिदीमा गएको भीषण पहिरोमा परेकाको उद्दारका लागि सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली हेलीकप्टरमार्फत घटनास्थल पुग्नेकाे छ ।

उद्दारको लागि सभामुख अग्नि सापकोटा, नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा सागाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली हेलिकप्टर लिएर जुगलको लिदी पुगेको सभामुख सापकोटाको सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।

cura insider

शुक्रबार लिदिको लामा टोलमा भीषण पहिरो जाँदा कम्तीमा ३५ बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन् । लिदीको लामा चौरमा बस्तीभन्दा कम्तीमा ४ सय मिटर माथिबाट आएको पहिरोले २८ घर पुरेको स्थानीयको भनाइ छ ।

चार जना घाइतेको उद्धार

लिदीबाट पहिलो चरणमा ४ जना (२ जना महिला र २ जना पुरुष) सिकिस्त घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए ।

jackson ribon