भारतमा संक्रमित २५ लाख नजिक

विराटनगर, ३० साउन । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २५ लाख नजिक पुगेको छ ।

एकै दिन ६४ हजार एक सय ४२ नयाँ बिरामी थपिएसँगै कोरोना संक्रमितको संख्या २४ लाख ५९ हजार छ सय १३ पुगेको हो । भारतमा हालसम्म कोरोनाका कारण ४८ हजार एक सय ४४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार छ जनाले ज्यान गुमाएका छन् ।

१७ लाख ५० हजार छ सय ३६ जना उपचारपछि निको भएका छन् । छ लाख ६० हजार आठ सय ३३ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन ५३ हजार छ सय २६ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५४ लाख १३ हजार नौ सय २८ पुगेको छ । एक लाख ७० हजार तीन सय ५२ जनाले कोरोना कारण ज्यान गुमाएका छन् ।

२८ लाख ३२ हजार नौ सय १६ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख १० हजार छ सय ६० जना उपचाररत रहेकोमा १७ हजार तीन सय ३५ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा ३२ लाख २४ हजार आठ सय ७६ संक्रमित पुगेका छन् । ५४ हजार चार सय दुई जना नयाँ बिरामी थपिएका छन् ।

एक लाख पाँच हजार चार सय ६३ जनाको मृत्यु भइसकेको छ । २३ लाख ५६ हजार छ सय ४० जनाले उपचारपछि कोरोना जितेका छन् । सात लाख ६२ हजार सात सय ७३ जना उपचाररत छन् ।

विभिन्न मुलुकमा संक्रमण तीव्र रुपमा फैलिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ६२ हजार चार सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ६४ हजार नौ सय ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सात लाख ५२ हजार पाँच सय ८० पुगेको छ । एकै दिन छ हजार एक सय ७४ जनाको ज्यान गयो ।

एक करोड ३८ लाख ९४ हजार चार सय ६६ जनाले उपचारपछि कोरोना जितेका छन् । ६४ लाख १५ हजार चार सय २५ जना उपचाररत रहेकोमा ६४ हजार छ सय ९२ जनाको अवस्था गम्भीर छ ।

Loading...