सुशील कोइरालाको जन्मजयन्तीको अवसरमा विराटनगरमा दीप प्रज्वलन

विराटनगर, २९ साउन । नेपाली कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको जन्मजयन्तीको अवसर पारेर नेपाल विद्यार्थी संघ मोरङले विराटनगरमा दीप प्रज्वलन गरेको छ ।

कोइरालाको ८१औं जन्मयन्तीको अवसमार बिहीबार दीप प्रज्वलन गरिएको नेविसंघ जिल्ला अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।

नेपाली कांग्रेस केन्द्रीय श्रमिक तथा ट्रेड युनियन समन्वय विभागका सदस्य जनार्दन निरौला, तरुण दलका पूर्वकेन्द्रीय सदस्य उद्धव कोइराला, गोग्राहा उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष सुनिल पौडेललगायतले संयुक्त रूपमा दीप प्रज्वलन गरेका हुन् ।

कार्यक्रममा नेपाल तरुण दलका महानगर सभापति सन्तोष न्यौपाने, उपसभापति सञ्जीव चापागाईं, युवा नेता प्रवीण खड्का, नेपाल विद्यार्थी संघ मोरङका सचिव दिपेन रौनियार, पुसेट क्याम्पस इकाईका कार्यवाहक सभापति अंकित भट्टराई, आदर्श उच्च मावि इकाई सभापति राज पोख्रेललगायतको उपस्थित रहेको थियो ।

कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम उच्च भएकाले सिमित व्यक्तिको उपस्थितिमा मात्रै कार्यक्रम गरिएको नेविसंघ जिल्ला अध्यक्ष घिमिरेले बताए ।

Loading...