बार्सिलोना सही बाटोमा छ : ग्रिजम्यान

एजेन्सी, २९ साउन । फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानले बार्सिलोना सही बाटोमा रहेको बताएका छन् ।

च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बायर्न म्युनिखसँगको खेलअघि बोल्दै ग्रिजम्यानले बार्सिलोना सही बाटोमा अगाडि बढिरहेको बताएका हुन् ।

बार्सिलोनाले शुक्रबार राति जर्मन च्याम्पियन बायर्नसँग खेल्दैछ । क्वार्टरफाइनलको उक्त खेल जर्मनको लिस्बोनमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ ।

यस खेलअघि बोल्दै ग्रिजम्यानले बार्सिलोना सही दिशामा अगाडि बढिरहेको बताएका हुन् ।

‘दर्शकबिना र दर्शकको समर्थनबिना पनि हामीले नापोलीमाथि जित निकालेका थियौं । तथापि, हामीलाई दर्शकले सामाजिक सञ्जालबाट भए पनि समर्थन गरिरहेका छन् । नापोलविरुद्धको दोस्रो लेगको खेलमा हामीले राम्रो गरेका थियौं । मलाई लाग्छ बार्सिलोना सही बाटोमा छ,’ उनले भने ।

Loading...