स्वस्थ यौन सम्बन्धले हृदय रोगदेखि क्यान्सरसम्मको जोखिम कम गर्छ

विराटनगर, २९ साउन । स्वस्थ यौन सम्बन्ध स्वस्थ जीवनको लागि आवश्यक हुन्छ ।

स्वस्थ यौन सम्बन्धका कारण लामो आयुसम्म बाच्न मद्दत गर्न सक्ने विभिन्न अध्ययनहरूले देखाइसकेका छन् ।

हप्तामा दुई पटक यौन सम्बन्ध राख्ने व्यक्तिहरूमा एन्टिबडी इम्युनोग्लोबुलिन (ए आईजीए)को स्तर धेरै बढी हुन्छ ।

आईजीएले चिसो र फ्लूविरुद्ध लड्न मद्दत गर्छ । यौन सम्बन्ध राख्दा केही मात्रामा शरीरको क्यालरीहरू वर्न हुनेसमेत बताइएको छ ।

न्यू इङ्गल्यान्ड रिसर्च इन्स्टिच्यूटले गरेको अध्ययनअनुसार नियमित यौन गतिविधिले हृदय रोगका जोखिमहरू कम गर्न सक्छ ।

यसले हार्मोनको स्तरहरूलाई सक्रिय गरेर महिनावारीलाई नियमित बनाउने र मेनोपजका नाकारात्मक लक्षणहरू कम गर्छ ।

यौन गतिविधिको बेला अक्सिटोसिन नामक हर्मोन रिलिज हुने हुँदा यसले टाउको दुखाइ निको पार्ने तथा शारीरिक पीडा कम गर्छ ।

यौन सम्बन्ध राख्दा तनाव कम हुने, राम्रो निन्द्रा लाग्ने, रक्तचाप कम गर्ने, र प्रोस्टेट क्यान्सर तथा स्तन क्यानसरको जोखिमलाई पनि कम गर्नेगर्छ ।

एक स्वस्थ यौन जीवनले तुरुन्त मूड परिवर्तन गर्ने, मानसिक स्वास्थ्यमा दीर्घकालीन सन्तुष्टिको नेतृत्व गर्ने र सुँघ्ने क्षमतामा समेत वृद्धि गर्ने गर्छ ।

जहाँसम्म यौन सम्बन्ध राख्नु रमाइलो र सम्भावित स्वास्थ्य गतिविधि हुन सक्छ, सुरक्षाविनाको यौन जीवनले सम्पूर्ण स्वास्थ्यलाई जोखिम पैदा गर्न सक्छ ।

Loading...