भारतबाट नेपाल ल्याउँदै गरेको अवैध सामान बरामद

सुनसरी, २९ साउन । सुनसरी प्रहरीले भारतीय बजारबाट नेपालतर्फ भन्सार छलि गरेर ल्याएको ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ ।

सुनसरी प्रहरीले विशेष सूचनाको अधारमा भारतबाट नेपाल भित्राइरहेको विभिन्न नाका तथा ठाउँबाट युरिया मल र सूर्ती बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले ५० हजार बराबरकोे युरिया मल, ५० बोरा, इलाका प्रहरी कार्यालय दुहवीले २२ हजार बराबरको युरिया मल २२ बोरा, १८ हजार ७ सय ५० रुपैयाँ बराबरको सूर्ती खैनी १ सय २५ केजी, इलाका प्रहरी कार्यालय पकलीले ३० हजार बराबरको सूर्ती खैनी १० बोरामा २ सय केजी बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ ।

त्यसैगरी को २ ह ३२८३ को टेम्पो एक थानसहित चार लाख २० हजार ७ सय ५० रुपैयाँ बराबरको अवैध समानहरू सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उता बिहीबार बिहान ७० बोरा खैनी बरामद गरेको प्रहरीले जनाएको छ । दैनिक लकडाउनको मौका छोपी तस्कारी बढेको प्रहरीले ठहर गर्दै बढाएको सक्रियाले तीन लाख ५० हजार बढीको सरसमान र खैनी बरामद गरिरहेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

Loading...