birat ribon

मकवानपुरका ३७ प्रहरीमा कोरोना संक्रमण

Neuro
मकवानपुरका ३७ प्रहरीमा कोरोना संक्रमण

हेटौंडा, २९ साउन । हेटौंडाका १८ प्रहरीसहित मकवानपुर जिल्लामा ३७ प्रहरीमा बिहीबार कोरोना संक्रमित थपिएका छन् ।

आज बिहान किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरपालिकाका १८ र मकवानपुरका तीनवटा स्थानीय तहका १९ जनामा संक्रमण पुष्टि भएको हो ।

cura insider

हेटौँडा–११ थानाभ¥याङमा रहेको बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत तीनजना प्रहरीमा संक्रमण देखिएको छ ।

हेटौँडा आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंका अनुसार हेटौँडा–१० बसपार्क प्रहरी चौकीमा कार्यरत छजना प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ ।

बसपार्क प्रहरी चौकीमै कार्यरत एक प्रहरीलाई केही दिनअघि संक्रमण पुष्टि भएको थियो ।

jackson ribon