birat ribon

टिचिङका चिकित्सक र नर्सलाई कोरोना संक्रमण, आकस्मिक कक्ष शील

Neuro
टिचिङका चिकित्सक र नर्सलाई कोरोना संक्रमण, आकस्मिक कक्ष शील

काठमाडौं, २९ साउन । काठमाडौस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षका दुई मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएको छ । चिकित्सक र नर्समा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष शील गरिएको छ । उनीहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड शील गरिएको जानकारी दिए ।

cura insider

थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज) नमुना संकलन गरिने डा. दासले बताए । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले बताए । हालसम्म अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको थियो ।

jackson ribon