विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

विराटनगर, २८ साउन । विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना भएका एक पुरुषको मृत्यु भएको हो ।

कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले एकजनाको मृत्यु भएको बताए ।

उनका अनुसार मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका टेक्निसियन हुन । विराटनगर ३ घर भएका ति पुरूषलाई साेमबार अस्पताल भर्ना गरिएकाे थियाे ।

५७ वर्षिय मृतकमा श्वासप्रश्वास र सुगर राेगकाे समस्या थियाे ।

यो सँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या चार पुगेको छ । यस अघि विराटनगर– ९ मा २ जना, विराटनगर– ५ का १ जनाको मृत्यु भएको थियो ।

Loading...