बाटोमा मृत भेटिएका पुरुषमा कोरोना संक्रमण

वीरगञ्ज, २८ साउन । वीरगञ्जमा मृत अवस्थामा फेला परेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज महानगरपालिका–५ कुम्हाल टोलमा मृत फेला परेका ३८ वर्षीय प्रमोद ठाकुरमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुवँरका अनुसार बारा जिल्ला विश्रामपुर गाउँपालिका–५ ईटियाही निवासी ठाकुरमा कोरोना पुष्टि भएको हो ।

मंगलबार दिउँसो करिब साढे तीन बजेतिर वीरगञ्ज महानगरपालिका–१६ नगवा सामुदायिक प्रहरी कार्यालय नजिकै कुम्हाल टोल जाने बाटोमा मृत फेला परेका ठाकुरको पीसीआर परिक्षणको रिपोट पोजेटिभ आएको कुवँरले जानकारी दिए ।

अत्याधिक मदिरा सेवन गरेर लडिरहेको अवस्थामा ठाकुर मृत फेला परेको प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।

मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएकोमा अस्पतालले मृतकको पीसीआर परीक्षणका लागि हिजै स्वाब लिएको र आज मृतकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिए ।

Loading...