रगतमा सुगरको मात्रा बढ्दा देखिने १० लक्षण, बेवास्ता नगर्नुहोस्

विराटनगर, २८ साउन । मानिसको बढ्दो व्यस्तता, जीवनशैलीमा आएको परिवर्तन, खानपानमा ध्यान नदिएका कारण मधुमेहका बिरामीको संख्या वृद्धि हुँदै गएको देखिन्छ ।

शरीरमा भएको चिनीको मात्रा धेरै हुन गएमा चिनी रोग (सुगर) अथवा मधुमेह रोग भएको भनेर बुझिन्छ । मधुमेहको लक्षण थाहा नपाएका तथा थाहा पाएर पनि बेवास्ता गर्दा बिरामीहरू सुगरको मात्रा एकदम धेरै भएपछि मात्र अस्पताल जाने गर्छन् । अधिकांश मानिसहरूलाई मधुमेहका लक्षण के–के हुन्छन् भन्ने कुरा नै थाहा छैन ।

यी हुन् रगतमा सुगरको मात्रा बढेको कारण देखिने लक्षणहरू ः

– थकान
– पटक–पटक पिसाब लाग्नु
– धेरै प्यास लाग्नु, मुख सुख्खा हुनु
– टाउको दुखाइ
– धमिलो दृष्टि
– वाकवाकी, वान्ता तथा भ्रम
– पटक–पटक संक्रमण हुनु
– घाउ बिस्तारै निको हुनु (विशेष गरी खुट्टको घाउ)
– दाँतको समस्या
– हातखुट्टा झम्झमाउनु आदि

खानेकुरामा ध्यान नदिँदा र पर्याप्त व्यायाम नगर्दा सानै उमेरमा मधुमेह रोग लाग्ने जोखिम बढ्ने मधुमेह रोग विशेषज्ञहरू बताउँदै आएका छन् । मधुमेह एक दीर्घकालीन स्वास्थ्य समस्या भएको हुँदा यसबाट बच्नका लागि यी लक्षणहरू ध्यानमा राखेर समय–समयमा जाँच गराउँदै डाक्टरको परामर्शमा औषधिविना नै उचित आहारको सन्तुलन, ठिक्क व्यायाम गरेर कम गर्न सकिन्छ ।

Loading...