लकडाउनका कारण विराटनगरको राधाकृष्ण रथयात्रा स्थगित, ५२ वर्षपछि खटयात्रा

विराटनगर, २८ साउन । कृष्ण जन्मष्टमीको अवसरमा आयोजना हुने विराटनगरको राधाकृष्ण रथयात्रा पहिलो पटक स्थगित भएको छ । कोरोना महामारीका कारण २०२४ सालयता गरिँदै आएको रथयात्रा स्थगित भएको हो ।

रथयात्रा स्थगित भएपछि आयोजक समितिले खटयात्रा गरेको छ । बुधबार गाडीमा खटलाई राखेर विराटनगर बजार परिक्रमा गराएको हो ।

विसं १९८८ बाट २०२४ सम्म राधाकृष्ण मन्दिरबाट खटयात्रा गरिएको थियो । २०२४ सालपछि भने रथयात्रा निकाल्न सुरु भएको थियो । ५२ वर्षपछि शुक्रबार खट मात्र विराटनगर बजार परिक्रमा गराइएको हो ।

महामारी त्रासका कारण ५२ वर्षपछि खटयात्रा मात्र गरिएको हो । विगतमा रथयात्रा गर्दा खटलाई पनि स“गै लगिँदै आएको थियो । यो पटक भने गाडीमा राखेर खटलाई मात्र बजार परिक्रमा गरी परम्परालाई निरन्तरता दिइएको विराटनगरमा मेयर भीम पराजुलीले जानकारी दिए ।

Loading...