birat ribon

मृत्युको साता दिनपछि कोरोना संक्रमण पुष्टि, तीन हजार मलामी तनावमा

Neuro
मृत्युको साता दिनपछि कोरोना संक्रमण पुष्टि, तीन हजार मलामी तनावमा

सिन्धुपाल्चोक, २८ साउन । पूर्वमन्त्री मोहनबहादुर बस्नेतका पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिनपछि कोरोना संक्रमण भएको पुष्टिले सिन्धुपाल्चोक जिल्लामा नै त्रास फैलिएको छ ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ पलाँती निवासी पूर्वमन्त्री बस्नेतका ८४ वर्षीय पिताको २३ साउनमा काठमाडौंमा मृत्यु भएको थियो ।

cura insider

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा बस्नेतको मृत्यु भएको थियो ।

उनको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो ।

काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि बाह्रबिसेमा बस्नेतको मलामीमा सहभागी भएका करिब तीन हजार मलामीमा तनाव र त्रास फैलिएको हो ।

अस्पतालको जानकारीलगत्तै बाह्रबिसेको वडा नम्बर ४ सिल गरिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।

मृतक बस्नेतको कन्ट्रयाक ट्रेसिङमा रहेकाहरूको स्वाब संकलन गर्ने तयारी भइरहेकोे स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।

jackson ribon