birat ribon

घुस लिएको अभियोगमा छ प्रहरी निलम्बित

Neuro
घुस लिएको अभियोगमा छ प्रहरी निलम्बित

सिन्धुली, २८ साउन । सेवाग्राहीसँग घुुस लिएको अभियोगमा सिन्धुलीमा पाँच प्रहरीलाई निलम्बन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका पाँच प्रहरी निलम्बनमा परेका हुन् ।

वागमती प्रदेश प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले उनीहरुलँई सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरुलाई टोलीले साउन २१ गते नियन्त्रणमा लिएको थियो ।

cura insider

जिल्ला प्रहरी कार्यालय सिन्धुली र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका एक गरी छ प्रहरी निलम्बनमा परेको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाले जानकारी दिए ।

सवारीचालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाएको बताइएको छ ।

निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् । यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको बताइएको छ ।

उनीहरुका विषयमा थप छानबिन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंँडाले प्रहरी नायब उपरीक्षक विज्ञान बस्नेतका संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

आफ्नो ड्युटीमा इमान्दारी प्रदर्शन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई वाग्मती प्रदेश प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको बताइएको छ ।

jackson ribon