birat ribon

‘इम्बोस्ड नम्बर प्लेट नेपाली लेख’

Neuro
‘इम्बोस्ड नम्बर प्लेट नेपाली लेख’

काठमाडौं, २८ साउन । मोटरगाडीको इम्बोस्ड नम्बर प्लेट अङ्ग्रेजी भाषामा बनाउने व्यवस्था गर्न लागिएकामा प्रगतिशील लेखक संघले विरोध जनाएको छ ।

राष्ट्रिय प्रयोजनमा नेपाली भाषा कायम गर्न सङ्घले सरकार र सम्बद्ध पक्षसँग आग्रह गरेको हो । नेपाली भाषा विश्वकै प्राचीन र समृद्ध भाषामध्ये एक भएको र यसमा सबैखालको कामकाज गर्न सक्षम, सहज र सम्भवसमेत प्रमाणित भइसकेको संघले जनाएको छ ।

cura insider

‘तमाम राष्ट्रप्रेमी तथा स्वभाषाप्रेमी नेपालीको भावनाविपरीत अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नबनाउन ध्यानाकर्षण गराइएको छ,’ अध्यक्ष डा. जीवेन्द्रदेव गिरी र महासचिव समिर सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी सङ्घले भूकम्पपछि अलपत्र ललितपुरस्थित राष्ट्रिय पुस्तकालयलाई काठमाडौंमा सार्ने निर्णय स्थगन भएकामा पनि चिन्ता व्यक्त गरेको छ ।

jackson ribon