birat ribon

प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

Neuro
प्रसूति अस्पतालमा पीसीआर परीक्षण सुरु

काठमाडौ, २७ साउन । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोभिड १९को परीक्षण सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरु भएको हो ।

cura insider

अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उ्घाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गरे ।

महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो । महानगरले पीसीआर मेसिनसहित भिटिएम एक हजार पाँच सय थान, आरडीटी एक हजार पाँच सय थान र पीपीई पाँच सय थान उपलब्ध गराएको छ ।

अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताइन् । उनले संक्रमणको महामारीको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा बिरामीको उपचारमा थप सहयोग पुग्ने बताइन् ।

अस्पतालले कोभिड १९ संक्रमणको आशंका लागेका बिरामीलाई कुपण्डोलस्थित छुट्टै भवनमा आइसोलेसनमा राखेर उपचार गर्दै आएको र पीसीआर परीक्षणको ल्याब सुरु भएपछि उपचारका लागि थप सहज हुने विश्वास मिश्राले व्यक्त गरिन् ।

गत आर्थिक वर्षमा अस्पतालले १९ हजार छ सय २५ जना महिलालाई बहिरङ्ग सेवा दिएको छ । त्यस्तै २२ हजार चार सय ६१ जनाको सुरक्षित सुत्केरी गराउन अस्पताल सफल भएको छ । यसबाहेक आठ हजार पाँच सय २८ जनाले शल्यक्रियाबाट बच्चा जन्माएको अस्पतालले जनाएको छ । अस्पतालमा एनआइसियु सेवा, क्यान्सरसम्बन्धी परीक्षण, अल्ट्रासाउन्ड सेवा, सिटीस्क्यान सेवा र मेमोग्रामलगायतका सेवा उपलब्ध रहेको छ ।

jackson ribon