Rumpum

Rumpum Advertisement

फिलिपिन्सका राष्ट्रपति रुसी खोप प्रयोगमा इच्छुक

फिलिपिन्सका राष्ट्रपति रुसी खोप प्रयोगमा इच्छुक

विराटनगर, २७ साउन । फिलिपिन्सका राष्ट्रपतिले रूसले विकास गरेको कोरोना भाइरसको पहिलो खोपको प्रयोगमा सहभागी हुन इच्छुकता जनाएका छन् ।

राष्ट्रपति रोड्रिगो डुटेर्टेले रूसको अनुसन्धानमा आफूलाई पूर्ण विश्वास भएको कारण रूसी खोपको पहिलो प्रयोग आफूलाई गर्न प्रस्ताव गरेका छन् । उनले कोरोना भाइरस खोप बनाउन रूसले गरेको प्रयासको प्रशंसा पनि गरेका छन् । रूसले यो खोप फिलिपिन्सलाई दिने आश्वासन दिएको छ । रूसले आफ्नो यो खोपले यस महिना नियामक स्वीकृति प्राप्त गर्ने आशा राखेको छ ।

डुटेर्टेको कार्यालयका अनुसार फिलिपिन्सले रूसको खोपको परीक्षण, उत्पादन र वितरणमा पनि सहयोग पु¥याउनेछ । फिलिपिन्समा पनि रूसी खोपहरू उत्पादन गर्न सकिनेछ । फिलिपिन्स एसियाको एउटा देश हो जहाँ कोरोनाका संक्रमितहरू ठूलो संख्यामा छन् । हालसम्म एक लाख ३६ हजार बढी मानिसहरू फिलिपिन्समा कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसको खोप बनाउन प्रतिस्पर्धा भइरहेको बेलामा चिन्ता व्यक्त गरिएको छ । विश्व स्वास्थ्य संगठनले रूसले विकास गरेको खोपको बारेमा पनि शंकाहरू उब्जाएको छ । रूसलाई सुरक्षित र प्रभावकारी कोरोना भाइरसको खोप विकासका लागि आवश्यक डब्लएचओले जारी गरेका निर्देशिकाहरु पालना गर्न आग्रह गरिएको छ ।