Rumpum

Rumpum Advertisement

चोटमुक्त हुन संघर्षरत मेस्सी, डाक्टरलाई लिएर प्रशिक्षण मैदानमा

चोटमुक्त हुन संघर्षरत मेस्सी, डाक्टरलाई लिएर प्रशिक्षण मैदानमा

एजेन्सी, २७ साउन । बार्सिलोनाका कप्तान लियोनल मेस्सी चोटबाट मुक्त हुन संघर्षरत छन् । च्याम्पियन्स लिगअन्तर्गत नापोलीविरुद्धको दोस्रो लेगको खेलमा घाइते हुन पुगेका मेस्सी अहिले चोटमुक्त हुन संघर्षरत छन् ।

अर्जेन्टिनी स्टार मेस्सीले नापोलीमाथि ३–१ गोलको जित निकाल्दा चोट बोकेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा नापोलीका डिफेन्डर कालीडौ काउलीबालीले बल क्लियर गर्नेक्रममा मेस्सीको खुट्टामा प्रहार गरेका थिए ।

डी एरियामा भएको उक्त फलमा बार्सिलोनाले पेनाल्टीको मौका पाएको थियो । मेस्सीले नसक्ने भएपछि लुइस स्वारेजले सो पेनाल्टीलाई गोलमा परिणत गरे । यता, चोट हुँदाहुँदै पनि मेस्सीले निर्धारित समय खेल खेले ।

सो खेल जित्दै बार्सिलोनाले क्वार्टरफाइनल यात्रा तय गरेको थियो । अब, उसले सेमिफाइनलका लागि जर्मन च्याम्पियन बायर्न म्युनिखको सामना गर्दैछ । यस खेलका लागि मेस्सी चोटबाट मुक्त हुने प्रयत्नमा छन् ।

खबरका अनुसार उनले केही दिन टाेलीका साथमा प्रशिक्षण गरेनन्। तर, मंगलबार उनी डाक्टरलाइ लिएरै प्रशिक्षण मैदानमा उपस्थित भएका छन् । उनले डाक्टरको सहायतामा हल्का रूपमा प्रशिक्षण गरेको स्पेनिस मिडियाले जनाएका छन् ।

तर, मंगलबार बिहान उनी प्रशिक्षण मैदान फर्किएका हुन् । उनले डाक्टरका साथमा आधा घण्टा बिताएका थिए । बिहीबार बिहान बार्सिलोनाकाे टाेली लिस्बाेन प्रस्थान गर्नेछ ।

बार्सिलोना र बायर्नबीचको खेल शुक्रबार राति हुनेछ । पोर्चुगलको लिस्बोनमा हुने यस खेलमा दुवै टोलीको नजर अन्तिम चारमा हुनेछ ।