birat ribon

काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सेवा बन्द

Neuro
काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेकका सेवा बन्द

काठमाडौं, २६ साउन । कोरोना संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सबै सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गर्ने निर्णय गरेको हो ।

cura insider

बैठकले सार्वजनिक यातायात सञ्चालन भएपछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा १५ भदौसम्म रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यस्तै उपत्यका प्रवेश गर्ने नाकाहरूका थप कडाई गर्ने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकलमार्फत् गरिने व्यापारलाई १५ भदौसम्मका लागि रोक लगाउने निर्णय पनि बैठकले गरेको छ ।

jackson ribon