Rumpum

Rumpum Advertisement

कुकुर पाल्दा हृदय रोगबाट मर्ने जोखिम कम हुने

कुकुर पाल्दा हृदय रोगबाट मर्ने जोखिम कम हुने

विराटनगर, २६ साउन । विभिन्न अनुसन्धानका अनुसार कुकुर पाल्नाले मान्छेमा हुने हृदय रोगको जोखिम कम हुने पाइएको छ ।

स्वीडनमा तीन लाख ३६ हजार मानिसहरूमा गरिएको एक अध्यनले कुकुर पाल्ने मान्छेहरूमा हृदय रोग वा अरु कारणले हुनसक्ने मृत्युको खतरा कम हुने कुरा पत्ता लागेको छ । कुकुर पाल्नु सबै कारणको मृत्युदरमा कटौतीसँग सम्बन्धित रहेको अमेरिकी हार्ट एसोसिएसनको ‘सर्कुलेशन’ मा प्रकाशित अनुसन्धानले देखाएको छ ।

अध्ययनका अनुसार कुकुर पाल्ने मानिसहरूमा हृदय रोगबाट मर्ने जोखिम ३१ प्रतिशत कम भएको थियो । टोरोन्टो विश्वविद्यालयको एन्डोक्रिनोलजी र मेटाबोलिज्मका सहायक प्राध्यापक तथा एन्डोक्रिनोलोजिस्ट डा. क्यारोलिन क्रमरले भने पहिले नै हार्ट अट्याक वा स्ट्रोक भएका व्यक्तिहरूलाई कुकुर पाल्दा थए फाइदा हुने बताएकी छिन् ।

एक्लै बस्ने मानिसलाई डिप्रेसन र हृदयघात हुने सम्भावना अत्यधिक हुन्छ । एक्लोपन र सामाजिक एक्लोपना समयपूर्व मृत्युका लागि जोखिमपूर्ण कारक हुन् । कुकुरको कारणले मानिसहरू एक्लोपना, तनाव तथा डिप्रेसन र हृदयघातबाट पनि मुक्त हुन्छन् । अध्ययनका अनुसार एक्लो बस्ने मानिसहरूले कुकुर पालेमा यसको सकारात्मक प्रभाव उनीहरुमा बढी रहने देखाएको छ ।

कुकुर पालेका एक्लै बस्ने मानिसहरूमा कुकुर नपाल्ने मानिसहरूको तुलनामा हार्ट अट्याकबाट हुने मृत्युको खतरा ३३ प्रतिशत कम रहेको छ । त्यस्तै, स्ट्रोकबाट हुने मृत्युको खतरा २७ प्रतिशत कम देखियो । अन्य अध्ययनहरूले कुकुरहरूले साहस र स्नेह प्रदान गर्दछन् जसले एन्जाइटी र डिप्रेसनलाई कम गर्न सक्छन् ।

कुकुरसँगै आफू पनि शारीरिक व्यायाम तथा कुकुरलाई डुलाउने, खेल्ने गरेर शरीरलाई सक्रिय बनाउनु आवश्यक हुन्छ ।