Rumpum

Rumpum Advertisement

डेबाला भित्र्याउने योजनामा रियल मड्रिड

डेबाला भित्र्याउने योजनामा रियल मड्रिड

एजेन्सी, २६ साउन । स्पेनिस क्लब रियल मड्रिडले अर्जेन्टिनी अट्याकर पाउलो डेबाला भित्र्याउने योजना बनाएको छ ।

‘स्पोर्ट्स मिडियासेट’का अनुसार रियलले आफ्ना एक खेलाडी दिएर युभेन्टसका फरवार्ड डेबालालाई अनुबन्ध गर्न चाहेको हो ।

सन् २०१५ मा युभेन्टसमा अनुबन्ध भएका डेबालाले २०१९–२० को सिजनमा क्लब छोड्ने चर्चा थियो । उनलाई लिएर इंग्लिस क्लबद्वय म्यानचेस्टर युनाइटेड र टोटनह्याम हटस्पर तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को नजर थियो ।

अब, स्पेनिस च्याम्पियन क्लब रियलले पनि २६ वर्षीय डेबालालाई आफ्नो ‘टार्गेट’ बनाएको छ । खबरका अनुसार डेबालाका लागि रियलले टोनी क्रुस वा इस्कोलाई युभेन्टसमा दिने योजना बनाएकाे छ ।

ला लिगा च्याम्पियन क्लब रियल अर्जेन्टिनी स्टार डेबालाका लागि ‘स्वाप डिल’मा सम्भव नभएमा ‘क्यास डिल’ गर्न तयार रहेको खबरमा जनाइएको छ ।

पाँच वर्षअघि ‘ओल्ड लेडी’ क्लब आएका डेबाला र युभेन्टसबीचको सम्झौता ३० जुन २०२२ सम्म छ ।

उनले युभेन्टसबाट पाँच वटा सिरी ‘ए’ को उपाधि जितेका छन् भने तीन वटा इटालियन कप र २ वटा इटालियन सुपर कपको उपाधि जितेका छन् ।