तीन किलो गाँजासहित वृद्ध पक्राउ

सिरहा । तीन किलो चार सय ग्राम गाँजासहित सिरहामा एक वृद्ध पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–१० बाट सिरहा नगरपालिका–१६ का मनै मोचीलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी वल सुरक्षा बेस क्याम्प मिर्चैयाबाट खटिएको बोरामा टोलीले प्याकिङ गरेर लैजाँदै गर्दा मोचीलाई पक्राउ गरेको सशस्त्र प्रहरी वल नेपाल नम्बर ७ गण हेडक्वाटर सिरहाका सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद थापाले जानकारी दिए ।

Loading...