घट्न थाल्यो सुनको मूल्य, आज तोलामा दुई सयले घट्यो

विराटनगर, २६ साउन । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सयले घटेर आज छापावाल सुनको मूल्य १ लाख २ हजार ४ सय कायम भएको हो ।

तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण भएको छ । आइतबार एकै दिन सुनको मूल्य ९ सय घटेको थियो ।

चाँदी सोमबार तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

Loading...