Rumpum

Rumpum Advertisement

हेटौंडामा साउन ३२ सम्म निषेधाज्ञा

हेटौंडामा साउन ३२ सम्म निषेधाज्ञा

हेटौंडा, २६ साउन । हेटौंडालगायत मकवानपुर जिल्लाका विभिन्न ठाउँमा कोरोना संक्रमितहरु बढेपछि आज राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा र मनहरी गाउँपालिकामा निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले ३२ साउनसम्मको लागि हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।