Rumpum

Rumpum Advertisement

प्रकाश सुवेदीविरुद्ध पूजाले कलाकार संघमा दिइन् उजुरी

प्रकाश सुवेदीविरुद्ध पूजाले कलाकार संघमा दिइन् उजुरी

विराटनगर, २६ साउन । अभिनेत्री पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध उजुरी दिएकी छिन् ।

एपी वान टेलिभिजनको ‘रजतपट’ कार्यक्रममा केही दिनअघि पत्रकार सुवेदीले आफूविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्याउने शब्द प्रयोग गरेको भन्दै पूजाले चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । पत्रकार सुवेदीले कार्यक्रममा प्रयोग गरेको शब्दले आफ्नो अपमान भएको महसुस भएको हुँदा उजुरी दिएको उनको भनाइ छ ।

संघमा उजुरी दिँदै पूजाले सुवेदीलाई तीन महिनाअगाडि दिएको अन्तर्वार्ताका कारण ट्रोलको शिकार भएको हुँदा मानसिक तनाव भोगिरहेको बताइन् । फेरि सुवेदीले अन्तरर्वार्ताका लागि बोलाउँदा जान नमानेका कारण हरेक हप्ता आफूलाई अपशब्द र होच्याउने शब्द प्रयोग गरेको पूजाको भनाइ छ । पछिल्लो भाग हेरेपछि नराम्रो लागेको पूजाले चलचित्र पत्रकार संघ तथा एपी वान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् ।

कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सुवेदीले सिंगो फिल्म क्षेत्रलाई होच्याएको हुँदा आकस्मिक बैठक बसेर यो विषयमा निर्णय लिने बताएका छन् । सुवेदीले पूजालाई लक्षित गरी शारीरिक बनावटलाई लिएर अभिव्यक्ति दिएपछि फिल्मकर्मीहरू पूजाको समर्थनमा उत्रिएका छन् ।