Rumpum Advertisement

अरबौंसँग हात धुने पानी नभएको कारण कोभिड १९ छिटो फैलिदै : युएन

Neuro
अरबौंसँग हात धुने पानी नभएको कारण कोभिड १९ छिटो फैलिदै : युएन

विराटनगर, २६ साउन । विश्वमा पाँचमध्ये दुईजनाले सामना गरिरहेको गम्भीर पानीको अभावले कोरोना भाइरस महामारीलाई नियन्त्रण गर्ने प्रयासहरूलाई कमजोर गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार भाइरस प्रशारणको प्राथमिक मार्गहरू ड्रपलेट्स र प्रत्यक्ष सम्पर्कबाट हुने हुँदा बारम्बार र राम्ररी हात धुनु भाइरसको फैलावटलाई रोक्नका लागि सबैभन्दा प्रभावकारी उपायहरू हुन् । करिब तीन अर्ब मानिस घरमा पानी र साबुनमा पहुँचमा छैनन् । साथै चार अर्ब मानिसहरू कम्तिमा वर्षको एक महिना पानीको अभावबाट गुज्रिनु परिरहेको संयुक्त राष्ट्र समूह युएन (वाटर)ले जनाएका छन् ।
युएन वाटर चेयर गिलबर्ट एफ होङ्बोले सुरक्षित पानी र सुरक्षित व्यवस्थापनको पहुँचविना बसेका मानिसहरूका लागि यो विपत्तिजनक स्थिति रहेको बताएका छन् । साथै, उनले स्वच्छ पानी र सरसफाइमा वर्षौंको स्थगित तथा दीर्घकालीन लगानी नगरेका कारण विकसित र विकासशील राष्ट्रहरूमा फैलिरहेको संक्रमणले अरबौंलाई जोखिममा पारेको र अब यसको नतिजा देख्न सकेको बताए ।