birat ribon

एकै दिनमा १० फरक विश्व रेकर्ड

Neuro
एकै दिनमा १० फरक विश्व रेकर्ड

काठमाडौं, २६ साउन । नेपाली गीत संगीतबाट फेरि एउटा इतिहास कायम भएको छ । यो इतिहास नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डीआर उपाध्यायले कायम गरेका छन् ।

१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर गत महिना मात्र गिजिन अफ वर्ल्ड रेकर्ड राखेका गीतकार डा. उपाध्यायले यतिबेला फेरि १७ फरक विधामा विश्व कीर्तिमानी कायम गरेका छन् । यो नेपालकै लागि गौरवको कुरा हो ।

cura insider

आइतबार राजधानीमा एक समारोहबीच सामाजिक दुरी कायम गर्दै डा. उपाध्यायलाई श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले यी १७ वटा विधामा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रदान गरेका छन् ।

‘यसरी एकै दिन फरक १७ विधामा १० वटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै सर्टिफिकेट ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुन् । यो व्यक्ति नभएर समग्र नेपालकै लागि गौरवको कुरा हो ।’ मन्त्री यादवले कार्यक्रममा भने ।

उनले यसपटक १७ वटा विधामा एउटा मात्र हैन, १० वटा फरक–फरक विश्व रेकर्ड कम्पनीबाट वर्ल्ड रेकर्ड कायम गरेका हुन् । उनले अमेरिकन बुक अफ रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, च्याम्पिएन बुक अफ वर्ल्ड रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, वर्ल्ड बुक अफ रेकर्ड युनाइटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, एस्क्युसिभ वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डमा १७/१७ विधामा एकसाथ वर्ल्ड रेकर्ड बनाएका छन् । यी १० कम्पनीबाट उनले १७० वटा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्राप्त गरेका छन् । वर्ल्ड रेकर्ड प्राप्त गरेका १७ वटा फरक बिधा यस प्रकार छन् :

१. नारी एवम् पुरुषले दुवैप्रति कस्तो माया, सम्मान, ख्याल, सुरक्षा र व्यवहार गर्नुपर्छ भन्ने एक–एक लाइनको सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाइनको गीत ।

२. एउटा शब्द केटा र एउटा शब्द केटीले गाएको शब्द–शब्दको गीत

३. सांकेतिक भाषा (साइन ल्याङवेज) द्वारा गीतको शब्दले के भनेको हो, परिभाषित गरेको ।

४. हुलाक टिकटमा प्रकाशित विशिष्ट नेपाली व्यक्तिहरुको नाम कामबारे बनाइएको गीत ।

५. अक्षर–अक्षरको गीत एउटा अक्षर पुरुष र अर्को नारी ।

६. तीनवटा सप्तक बनेको गीत ।

७. सगरमाथा हिमाल आरोहण गर्नेहरुकोे अत्यधिक नामबाट गीत ।

८. प्रकाशन भएका धेरै उपन्यासको नामबाट गीत ।

९. संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा हिमाल शब्द धेरै पटक प्रयोग गरेर बनेको गीत ।

१०. एउटा गीतमा धेरै थरिका रुख बोटबिरुवाको नाम प्रयोग गरिएको गीत ।

११. एउटा गीतमा धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत बनाएको ।

१२. संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च) ।

१३. आठवटा उपन्यास समावेश गरी बनाइएको एउटै पुस्तक संग्रह ।

१४. एकै दिन १९ वटा गीतिसंग्रहको विज्ञापन प्रकाशन गरेको ।

१५. एकै दिन १९ ओटा सिडी एल्बम धेरै पोष्टबक्समा खसालेको ।

१६. एउटै गीतको स्थाई र अन्तरा धेरै व्यक्तिले एकै पटक पढेको ।

१७. आफ्नै शब्द रचनाको ३÷२ को सबैभन्दा धेरै प्रकारको फ्लेक्स पोष्टर प्रकाशन गरेर एकसाथ सार्वजनिक गरेको ।

यसरी यी १७ विधामा फरक १० विश्व कीर्तिमानी कम्पनीबाट २०७७ साउन २५ गते वल्र्ड रेकर्ड राखिएको छ ।

यसअघि गिनिज वल्र्डसहित १५ विधामा विश्व कीर्तिमानी कायम गरेका उपाध्यायले योसहित ३२ विधामा फरक–फरक विश्व कीर्तिमानी कायम बनाएका छन् ।

नेपाली गीतसंगीतमा लागेकाहरुलाई यो खबर अत्यन्त सुखद पक्ष भएको सो कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि गौतमले बताए ।

कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीतसंगीतलाई विश्व बजारमा पु¥याउँदै गिनिज, अमेरिकन वर्ल्डबुकसहित सबै वल्र्ड रेकर्डमा नेपालका नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताए । यो रेकर्ड व्यक्ति नभएर देशको भएको उनको कथन थियो ।

कार्यक्रममा डा. उपाध्ययको चार गीतिसंग्रह कर्तव्य बोध, धरोहर, सपनाको महल, हृदयको झंकार, संसारकै सानो गीति पुस्तक अनुभूतिको मझेरी पनि मन्त्री राय यादवले विमोचन गरे ।

jackson ribon