Rumpum

Rumpum Advertisement

सर्लाहीमा एक साताका लागि निषेधाज्ञा

सर्लाहीमा एक साताका लागि निषेधाज्ञा

सर्लाही, २६ साउन । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आजदेखि एकसाताको लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले सोमबार बिहान सात बजेदेखि ३२ साउनसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

सर्लाहीमा एक साता अघिदेखि हाटबजारमा कडाइँ गरिएको थियो । अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

सर्लाहीमा कोरोना संक्रमणका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने आठ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।