Rumpum

Rumpum Advertisement

नोबेल मेडिकल कलेजका तीन डाक्टर र एक नर्समा कोरोना, ओपीडी सेवा बन्द

नोबेल मेडिकल कलेजका तीन डाक्टर र एक नर्समा कोरोना, ओपीडी सेवा बन्द

विराटनगर, २६ साउन । विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

सोमबार एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या चार पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेशनमा राखेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार अस्पतालले आफ्ना कर्मचारीका लागि आइसोलेशन बेड तयार गरेको थियो ।

चिकित्सकमा कोरोना संक्रमण देखिएपछि अस्पतालले आइतबारयता ओपीडी सेवा बन्द गरेको छ ।