Rumpum

Rumpum Advertisement

सेनिटाइजर कोभिड १९ सँग लड्न साबुनजत्तिकै प्रभावकारी नहुन सक्छ

सेनिटाइजर कोभिड १९ सँग लड्न साबुनजत्तिकै प्रभावकारी नहुन सक्छ

विराटनगर, २६ साउन । कोरोना भाइरसलाई फैलान नदिन र यसको जोखिम कम गर्न पटक–पटक २० सेकेन्डसम्मका लागि साबुनपानीले हात धुने सल्लाह दिइएको छ ।

मानिसहरू पानी र साबुन नभएको ठाउँमा यसको विकल्पको रुपमा सेनिटाइजरको प्रयोग गरिँदै आएका छन् । तर, कीटाणु मार्ने सेनिटाइजर धेरै लामो समयसम्म नरहने देखिएको छ । साथै, साबुनपानीले भाइरसलाई सेनिटाइजरभन्दा प्रभावकारी ढंगले हटाउन मद्दत गर्छ । पछिल्लो समय सेनिटाजरको अधिक प्रयोगले विभिन्न स्वास्थ्य समस्याहरू पनि देखाएको छ ।

कोरोना भाइरस महामारीको बीचमा सेनिटाइजरको प्रयोग बढ्दै गइरहेको बेलामा स्वास्थ्य विशेषज्ञहरूले सेनिटाइजर प्रयोग साबुन र पानीले हात धुनुजत्तिकै प्रभावकारी नभएको चेतावनी दिएका छन् । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)का अनुसार हालसम्म कुनै औषधि (ह्यान्ड सेनिटिसरसहित) कोभिड १९ लाई रोक्न वा उपचार गर्न अनुमति दिइएको छैन ।

रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) रोगको संक्रमणलाई रोकथाम गर्न र बिरामी हुने खतरालाई कम गर्ने उत्तम तरिका भनेको सादा साबुन र पानीले कम्तिमा २० सेकेन्डको हात धुनु नै उपयुक्त हुने सल्लाह दिएका छन् । विशेष गरी बाथरूम गएपछि, खाना खानु अगाडि, र खोकेपछि, हाच्छिउ गर्दा वा नाक छुएपछि हात धुनु पर्छ । साबुन र पानी उपलब्ध नभएमा सीडीसीले कम्तिमा ६० प्रतिशत इथेनलको साथ अलकोहल भएको स्यानिटाइजर प्रयोग गर्ने सल्लाह दिन्छ ।

तर, आफैंले घरमा बनाएको सेनिटाइजरहरूले गुणस्तरीय नहुने बताइएको छ । एफडीएका अनुसार सेनिटाइजर बानउँदा गलत नाप, तथा गलत सामग्रीको प्रयोगले छालामा जलन पैदा गर्न सक्छ । साथै, मास्कलाई पनि सेनिटाइजरले धुन नहुने तथा मास्कमा सेनिटाइजर लगाउन नहुने बताइएको छ । सेनिटइजरमा भएका केही केमिकलहरू विषाक्त हुन सक्छ, र मास्कमा टासिन सक्छन् ।

मास्क लगाएर सास फेर्दा यो रगतसम्म पुग्न सक्ने हुन्छ, जसले वाकवाकी तथा बान्ता निम्त्याउँछ । डिटर्जेंट, साबुन तथा पानीमा मास्क धुनु नै मास्कलाई सफा गर्न पर्याप्त हुन्छ । मास्कमा सेनिटाइजर लागेको छ वा सेनिटाइजर प्रयोग गरेर सफा गरिएको छ भने मास्कलाई कम्तिमा ४८ घण्टासम्म छुनु हुँदैन ।