जिल्ला अदालत माेरङका न्यायाधीशलाई पनि कोरोना संक्रमण

विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङका न्यायाधीशलाई पनि कोरोना संक्रमण देखिएको छ । सोमबार अदालतका एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी युवराज पौडेका अनुसार चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएपछि अदालतको काम कारवाही तीन दिनका लागि बन्द भएको छ ।

Loading...