सिरहा नगरपालिकामा अख्तियारको छापा

विराटनगर, २६ साउन । सिरहा नगरपालिकाको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएको सामग्रीमा अनियमितता भएको आशंकामा आइतबार अख्तियार कार्यालय बर्दिबासका अधिकृत नवराज सुवेदीसहितको टोलीले छापा मारेको छ ।

अनियमितता भए–नभएको छानविनका लागि कागजात नियन्त्रणमा लिएको जनाइएको छ । सिरहा नगरपालिकाले १७ वटा स्थानीय तहहरुमध्ये सबैभन्दा बढी खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।

सिरहा नगरपालिकाले पाँच करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । सिरहा नगरपालिकाले खरिद गरेको सामग्री बजार मूल्यभन्दा धेरै महँगो भएको पाइएको छ ।

Loading...