हङकङका प्रजातन्त्र पक्षधर पक्राउ

विराटनगर, २६ साउन । विदेशी शक्तिसँग सहकार्य गरेको आरोपमा हङकङका प्रजातन्त्र पक्षधर टाइकून जिमी पक्राउ परेको बीबीसीले जनाएको छ ।

सहयोगी मार्क सिमोनलाई उद्धृत गर्दै जनाइएअनुसार चीनले गएको जुनमा हङकङमा लागु गरेको विवादास्पद नयाँ सुरक्षा कानूनको विरोधमा थिए उनी । उनलाई आफूले विरोध गरेकै कानुनअनुसार सुरक्षाकर्मीले पक्राउ गरिएको बताइएको छ ।

गएको फेब्रुअरीमा उनीमाथि अवैध सम्मेलन र धम्की दिएको आरोप लगाइएको थियो । पछि उनी धरौटीमा रिहा भएका थिए।

हङकङका अधिकारीले भने पछिल्लो पक्राउको विषयलाई सार्वजनिक गरेका छैनन् । नयाँ सुरक्षा कानूनले हङकङमा प्रदर्शनकारी वा उनीहरुको पक्षमा रहनेहरुलाई कारवाही गर्न सजिलो बनाएको बीबीसीले जनाएको छ ।

Loading...