खानेपानी संस्थान बुटवलका प्रमुख स्रोत नखुलेको रकमसहित पक्राउ

विराटनगर, २६ साउन । नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलादेखि आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । उनको साथबाट स्रोत नखुलेको दुई लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको आठ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ आउँदै गरेको सूचनाका आधारमा साह पक्राउ परेका हुन् । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका बेला पक्राउ परेका उनीमाथि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

Loading...