उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना

विराटनगर, २६ साउन । वीरगञ्ज महानगरपालिका–१५ भेडियाही की ४५ वर्षीया महिलाको मृत्यु कोरोना संक्रमणबाट भएको खुलेको छ ।

कोरोनाको लक्षण देखिएकी उनको मृत्युपछि स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको हो । ती महिलाको उपचारका क्रममा शनिबार नारायणी कोरोना विशेष अस्पताल गण्डकमा मृत्यु भएको थियो । पीसीआर परीक्षण रिपोर्ट भने आइतबार साँझ मात्रै प्राप्त भएको हो ।

महिलामा पहिल्यैदेखि उच्च रक्तचाप र थाइराइराडको समस्या रहेको पाइएको छ । श्वास प्रश्वासमा समस्या भएको भन्दै गम्भीर अवस्थामा उपचारका लागि ल्याइएका कारण बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

योसँगै साउनमा मात्रै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

Loading...