Rumpum Advertisement

च्याम्पियन्स लिगअघि एथ्लेटिकोलाई समस्या, दुई खेलाडीमा कोरोना संक्रमण

Neuro
च्याम्पियन्स लिगअघि एथ्लेटिकोलाई समस्या, दुई खेलाडीमा कोरोना संक्रमण

एजेन्सी, २६ साउन । च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल खेल्नुअघि स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई समस्या आइपरेको छ । लिस्बोन भ्रमणअघि एथ्लेटिकोका दुई खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आउँदो बिहीबार एथ्लेटिको जर्मन क्लब आरबी लेइपिजसँग खेल खेल्दैछ । क्वार्टरफाइनलअन्तर्गतको सो खेल खेल्नुअघि क्लबका दुई खेलाडीमा कोरोना संक्रमण भएको एथ्लेटिको पुष्टि गरेको छ ।

यद्यपि, क्लबले खेलाडीको पहिचान खुलाएको छैन । र, संक्रमित दुवै जना सेल्फ आइसोलेशनमा रहेको क्लबले जनाएको छ ।

यस्तै कोरोना संक्रमण भएका दुई खेलाडीले लिस्बोन भ्रमण नगर्ने क्लबले जनाएको छ ।

‘लिस्बोन भ्रमणअघि शनिबार गरिएको कोरोना परीक्षणमा दुई जनामा संक्रमण देखिएको छ । दुवै जना घरमा आइसोलेशनमा बसेका छन्,’ एथ्लेटिकोले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एथ्लेटिकोले १९ जुलाइयता खेल खेलेको छैन । २०१९-२० काे ला लिगाअन्तर्गत रियल साेसिडाडसँग १-१ गाेलकाे बराबरीमा राेकिययता एथ्लटिकाे खेल मैदानमा प्रवेश गरेकाे छैन ।