Rumpum

Rumpum Advertisement

युरोपा लिग : आजबाट क्वार्टरफाइनल खेल हुँदै, युनाइटेड र इन्टर प्रतिस्पर्धामा

युरोपा लिग : आजबाट क्वार्टरफाइनल खेल हुँदै, युनाइटेड र इन्टर प्रतिस्पर्धामा

एजेन्सी, २६ साउन । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा आजबाट क्वार्टरफाइनल खेलहरू हुँदैछन् । अन्तिम आठका चार टोलीले आज सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कोरोना महामारीका कारण यूईएफएले खेलको ढाँचा परिवर्तन गरेको छ । यसअघि पहिलो र दोस्रो लेग हुने भए पनि अब जित निकाल्ने टोली सिधै अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।

क्वार्टरफाइनलका सबै खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछन् । आज उपाधि दाबेदार मानिएको म्यानचेस्टर युनाइटेड र इन्टर मिलान पनि प्रतिस्पर्धामा छन् ।

इंग्लिस क्लब युनाइटेडले डेनिस फुटबल क्लब कोपेनहागेमसँग खेल्दैछ । यो खेल जर्मनीस्थित रेइन इनर्जी स्टेडियममा हुनेछ ।

युनाइटेडले एलएएसकेमाथि समग्रमा ७–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो । यता, कोपेनहागेमले स्तानबुल बसाकसेहिरमाथि समग्रमा ३–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।

यसैगरी आजको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन क्लब लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल जर्मनीस्थित अस्फ्रेट एरिनामा हुनेछ ।

यसअघि इन्टरले स्पेनिस क्लब गेटाफेमाथि २–० गोलको जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो भने लिभरकुसेनले रेन्जर्समाथि समग्रमा ४–१ को जित निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।